काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको छ ।
पाँचखाल नगरपालिका –६ काजीको सामुदायिक वनमा सडिसकेको अवस्थामा एउटा शव फेला परेकोे हो । उक्त शव काभ्रेकै विजय श्रेष्ठको भएको प्रहरीले जनाएको छ । उनी गत असार १८ गतेदेखी बेपत्ता भएका थिए । उनका बुबाले सो शव आफ्नो छोरोको भएको सनाखत गरेको प्रहरीले जनाएको छ । यद्धपी उनको मृत्युको कारण भने खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भईरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।