images
images

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पुर्पक्षका लागि थुनामा

  • १७ श्रावण २०८१, बिहीबार १४:५८

काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्धेश्यीय सहकारीका संस्थाका अध्यक्ष कृष्णप्रसाद (केबी) उप्रेती जेल चलान भएका छन् ।

राष्ट्रिय सहकारी बैंकका समेत अध्यक्ष रहेका उनलाई जिल्ला अदालत, काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । बचतकर्ताको करिब आठ अर्ब हिनामिनाको आरोप लागेका उनीविरुद्ध चारवटा छु्टाछुट्टै मुद्धा दायर भएको छ । जिल्ला अदालतले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी हरि खतिवडाले जनाकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेती एमालेको सहकारी विभागमा सचिवका रूपमा कार्यरत थिए । उनलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो । उनी दोलखाको बैतेश्वर गाउँपालिकास्थित नाम्दुका स्थायी बासिन्दा हुन् ।