काठमाडौँ । नर्सिङ पढ्नका लागि १२ कक्षा पास गर्नुपर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । संसदको शिक्षा समितिको बैठकमा बोल्दै आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताउनुभयो । उपाध्यक्ष झाका अनुसार विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसिएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको छ ।
हाल कक्षा १० पास गरेपछि पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था छ । आयोगले सो विषयमा निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने उपाध्यक्ष झाले बताउनुभयो ।