काठमाडौँ । नेकपा एमालेले प्रदेश ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
एमाले सचिवालयको आज बसेको बैठकले पार्टीको रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनित गर्दै प्रदेश ईन्चार्जहरु पनि तोकेको हो । बैठकले लुम्बिनी र सुदुरपश्चिम बाहेकका प्रदेशमा नयाँ ईञ्चार्ज तोकेको छ । एमालेले बागमती प्रदेशको ईञ्चार्जमा राजन भट्टराईलाई नियुक्त गरेको छ भने कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश ईन्चार्ज नियुक्त भएका छन् ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्राई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट ईञ्चार्ज रहेका थिए । बराल बढुवा भएर उपाध्यक्षमा मनोनित भएकाले जिम्मेवारीबाट हटेका छन् भने अन्य नेताहरुले चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीति अनुसार ईञ्चार्जबाट हटेका हुन् ।
बैठकले दुई नेतालाई स्थायी कमिटि सदस्यमा मनोनित गरेको छ । नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटि सदस्य नियुक्त गरिएको हो ।