images
images

आज ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पुजा गरी मनाइदै

  • १६ भाद्र २०७९, बिहीबार ०६:३८

काठमाडौं । आज ऋषि पञ्चमी पर्व, नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पुजा आराधना गरी मनाइदैछन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व महिलाहरुले आज विहानै उठेर नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोवर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवम् पुजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गनु पर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चागं निर्णयक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । रजस्वलाका समयमा कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्री, गौतम, भारद्धाज, वरिष्ठ कश्यप र विश्वामित्रको पुजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आज स्नान गरी पुजा गरेपछि नरोपी उम्रेको अन्न कन्दमुल र कर्कला आदि एक छाक खाएर बस्नुपर्ने प्रचलन रहेको छ ।