images
images

नक्कली कागजपत्र पेस गरी दुबई जान लागेकी युवती पक्राउ

  • १५ आश्विन २०७९, शनिबार ०७:३६

सिन्धुपाल्चोक । नक्कली कागजपत्र पेस गरी भिजिट भिसामा दुबई जान लागेकी सिन्धुपाल्चोककी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोककी १९ वर्षिया युवतीलाई प्रहरी पक्राउ गरेको हो । १२ कक्षा उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी उनी दुबई जान लागेकी थिइन् । आफ्नो प्रमाणपत्र नक्कली भएको स्विकार्दै भिजिट भिसामा जान आवश्यक सबै कागजपत्र आफुलाई एक समुहले बनाइदिएको उनले पक्राउपछि बताएकी छन् । फ्लाई दुबईमार्फ उनी दुबई जान लागेको विमानस्थलका प्रहरी प्रवक्ता एसएसपी दिपेन्द्र जोशीले जानकारी दिनुभयो । ती युवतीसहित पाँच जनालाई मानव बेचबिखनमा संलग्न एक गिरोहले रोजगारीको प्रलोभनमा विदेश लैजान लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चार जना भने सेटिङमा दुबई गएका छन् ।