images
images

लुक्लाको नियमित उडान मन्थली विमानस्थलवाट हुने

  • १५ आश्विन २०७९, शनिबार १०:०१

मन्थली । सोलुखुम्वुको लुक्लामा हुने नियमित उडान रामेछापवाट हुने भएको छ ।

काठमाडौंवाट सोलुखुम्वुको लुक्लाकालागि भईरहेको नियमित उडान आजदेखि रामेछापको मन्थलीस्थित विमानस्थलवाट हुने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर) देखि वायुसेवा कम्पनीले काठमाडौंवाट लुक्लाकालागि एक/एक उडान मात्र गर्न पाउने र अन्य उडान मन्थलीस्थित विमानस्थलवाट गर्नु पर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज समिट एयरले लुक्लाकालागि मन्थलीवाट पहिलो उडान गरेको छ । लुक्लामा समिट एयर, तारा एयर र सीता एयरले नियमित उडान गर्दै आएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विहानको समयमा हुने हवाई चाप कम गर्नकालागि लुक्लाको उडान मन्थलीवाट गर्ने निर्णय भएको हो ।