images
images

काभ्रेपलाञ्चोकमा दुर्घटनाः एक युवकको मृत्यु

  • १५ आश्विन २०७९, शनिबार १३:२२

काभ्रेपलाञ्चोक । काभ्रेलाञ्चोकमा बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

दुर्घटनामा परी खानीखोला गाउँपालिका वडा नम्बर ४ का २१ वर्षिय दिपेश जिम्बाको मृत्यु भएको हो । खानीखोलाबाट बनेपातर्फ दशैंको लागि खसी लिएर आउँदै गरेको बा.५ च ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित गैरीभन्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा परी स्थानीय छिरिङ जिम्बा, रुपेश स्याङतान, मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल घाईते भएका छन् । उनीहरुमध्ये जिम्बा र स्याङतानको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने बलद्धयको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाईते भएका ५ जनामध्ये पुतलीमाया बलको अवस्था गम्भिर छ । बोलेरोमा १० जना यात्रु सवार रहेकोमा अन्य सामान्य घाईते भएका छन् । घटना लगत्तै बोलेरो चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।