images
images

नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

  • १५ आश्विन २०७९, शनिबार १७:००

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि हालसम्मको अवधिमा ३० हजार १ सय ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । डेंगु संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ । यो संख्या नेपालमा डेंगु देखिए यताकै सर्वाधिक रहेको मन्त्रालयले जनाएको छ ।