काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
प्रसाईविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्धा दायर भएकोमा ५०/५० हजार धरौटी तोकिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलको आजको इजलासले प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका छन् । एक महिलको विषयमा चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएको भन्दै उजुरी परेपछि प्रसाई पक्राउ परेका थिए । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही माग दावि गरेको थियो । तर, अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । उनीसँगै पक्राउ पूर्जी जारी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने अझै फरार छन् ।