images
images

घरदैलोमा दोलखा एमाले, उम्मेदवार मतदातासँग मत माग्दै

  • १५ कार्तिक २०७९, मंगलवार ०७:४३

दोलखा । आम निर्वाचन हुन केही साता मात्रै बाँकी रहँदा नेकपा एमाले दोलखाले चुनावी अभियानलाई तिव्रता दिएको छ ।

मंसिर ४ गते हुने प्रनितिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दोलखाको उत्तरी क्षेत्रबाट कात्तिक ११ गतेदेखि घरदैलो अभियान सुरु गरेको एमालेले मतदातासँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएको हो । एमालेले प्रदेशसभा १ अन्र्तगत दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ गौरीशंकरबाट र प्रदेशसभा २ अन्र्तगत विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुबाट घरदैलो अभियानको सुरुवात गरेको थियो । अभियानमा उम्मेदवारहरुको साथमा एमालेका पोलिट्व्युरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश सदस्य र जिल्लास्तरीय नेताहरु खटिएका छन् ।

प्रदेशसभा १ को एमाले अभियान टोली झँयाकु पुगेको छ भने प्रदेशसभा २ को अभियान वडा नम्बर ३ बुलुङमा पुगेको छ । प्रदेशसभा १ को घरदैलो अभियान मेलुङ गाउँपालिका वडा नम्बर ७ र प्रदेशसभा २ को अभियान शैलुङ गाउँपालिका वडा नम्बर ८ मा पुगेर टुंगिने नेकपा एमाले दोलखाले जनाएको छ । घरदैलो अभियानमा गाउँगाउँमा पुगेका एमालेका नेताहरुले मतदातासँग भेटघाट, पार्टीको बैठक र अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् । एमालेको घरदैलो कार्यक्रम मंसिर १ गतेसम्म जारी रहनेछ । घरदैलो अभियानमा नेकपा एमालेका पोलिटव्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ तथा पोलिट्व्यूरो सदस्य एवँ प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार ईश्वरी रिजाल पनि खटिएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा एमालेले दोलखामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटी तथा प्रदेशसभा १ मा नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ मा भरत केसीलाई उम्मेदवार बनाएको छ । दोलखामा गठबन्धन दलका उम्मेदवार र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।