images
images

यस्तो छ, एमालेको चुनावी घोषणापत्र

  • १५ कार्तिक २०७९, मंगलवार १४:३४

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

करिब २० हजार शब्द रहेको एमालेको घोषणापत्रमा आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरिएको छ । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ भने कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ ।

घोषणा पत्र सार्वजनिक गर्ने क्रममा एमालेले सरकारको नेतृत्वमा हुँदा दुई पटकसम्म भएको संसद विघटन प्रयासलाई बाध्यात्यमक भनेको छ । आज सार्वजनिक चुनावी घोषणा पत्रमा एमालेले तत्कालीन नेकपा भित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू सरकार ढाल्ने खेलमा प्रयोग भएपछि संसद विघटनको बाध्यात्मक कदम चाल्नुपरेको भन्दै आफ्नो बचाउ पनि गरेको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

 एमालेको घोषणापत्र