images
images

राजनितिक दलको निर्वाचन खर्च सिमा ५ करोड ५० लाख तोकियो

  • १५ कार्तिक २०७९, मंगलवार १८:३५

काठमाडौं । निर्वाचन आयोगले राजनितिक दलको निर्वाचन खर्चको सिमा ५ करोड ५० लाख निर्धारण गरेको छ ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनितिक दलका लागि खर्चको सिमा निर्धारण गरेको हो । दलहरुले समानुपातिकतर्फको बन्दसुचीको आधारमा आयोगले खर्चको सिमा तोकेको छ । जसअनुसार कुनै एक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा उम्मेदवार बराबर २ लाख र प्रदेश समानुपातिकतर्फ १ लाख ५० हजार खर्च गर्न पाउने भएको छ । सोही अनुसार प्रतिनिधिसभातर्फ १ सय १० जना समानुपातिक उम्मेदवारको सुची बुझाउने दलले २ करोड २० लाख रुपैँया खर्च गर्न पाउने आयोगले जनाएको छ ।

यस्तै प्रदेश समानुपातितर्फ दलहरुले अधिकतम २ सय २० जनासम्मको नाम बुझाएका छन् । सोही आधारमा कुनै एक दलले ३ करोड ३० लाख रुपैँया प्रदेश समानुपातिकतर्फ खर्च गर्न पाउनेछ । यसअघि आयोगले प्रत्यक्षतर्फका उम्मेदवार खर्च सिमा तोकेको थियो ।