जिरी(दोलखा) । हाल देशभर पश्चिमी वायूसँगै पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव परिरहेको छ ।
देशका पहाडी भूभागको मौसम आंशिकदेखी साधारणतया बदली भएको हो । बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका केहीे स्थानमा दिउँसो मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भाावना छ ।
आज कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने भएकाले सर्तकता अपनाउन महाशाखाको अनुरोध छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमानको भनाई छ ।
यस्तै, भोली र पर्सि भाइटिकाको दिनपनि कोशी, बागमती सहित देशका पहाडी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।