images
images

दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन हुँदै

  • १५ मंसिर २०७९, बिहीबार ०६:०२

दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन हुँदैछ ।

जिल्लाको प्रदेशसभा १ का दुई स्थानिय तहको १० मतदान केन्द्रमा आज निर्वाचन हुन लागेको हो । यसअघि मंसिर ४ गतेको निर्वाचन रद्ध भएको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा निर्वाचन हुने निर्वाचन कार्यालय दोलखाले जनार्एको छ । निर्वाचन बिहान ७ बजेदेखि ५ बजेसम्म हुनेछ । पुन मतदान हुने जिल्लाका १० वटा मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामाग्री सहित कर्मचारीहरु सम्बन्धीत केन्द्र पुगिसकेको निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । ढुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन अधिकारी राईले मतदातालाई अपिल समेत गर्नुभएको छ ।

पुन मतदान हुने १० वटा मतदान केन्द्रमा ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । जसअनुसार बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माविका तीन मतदान केन्द्रमा २ हजार ४ सय ७२ मतदाता छन् भने वडा नम्बर २ को जनज्योति मावि पुतलीकाठका दुई मतदान केन्द्रमा १ हजार ९ सय ३४ र वडा नम्बर ३ कालीढुंगा माविका तीन केन्द्रमा दुई हजार ६ सय ६५ मतदाता रहेका छन् । यस्तै, तामाकोशी ३ हेल्थपोस्ट भवन जफेको दुई मतदान केन्द्रमा १ हजार ४ सय ६ मतदाता छन् । दोलखाकोे १० मतदान केन्द्रमा पुन निर्वाचन हुने भएपछि गठबन्धन दल आक्रमक शैलीमा चुनावी अभियानमा होमिएका छन् ।

दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन हुँदैछ । जिल्लाको प्रदेशसभा १ का दुई स्थानिय तहको १० मतदान केन्द्रमा आज निर्वाचन हुन लागेको हो । पुन मतदान हुने जिल्लाका १० वटा मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामाग्री सहित कर्मचारीहरु सम्बन्धीत केन्द्र पुगिसकेको निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । ढुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन अधिकारी राईले मतदातालाई अपिल समेत गर्नुभएको छ ।

 

बैतेश्वर र तामाकोशी गाउँपालिकाका मतदान केन्द्रमा ८० जना कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी परिचालन गरिएको छ भने मतदान स्थलमा अवस्था हेरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा पुन मतदान हुन लागेका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तिन गुणा सुरक्षा बढाइएको हो । यसअघि मंसिर ४ गतेको निर्वाचन रद्ध भएको मतदान केन्द्रमा पुनः अवान्छित क्रियाकलाप हुन नदिन भन्दै सुरक्षा व्यवस्था बढाइएको हो । पुन मतदान हुने केन्द्रहरुमा १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान स्थलको सुरक्षाका लागि नेपाली सेना ८ सय, सशस्त्र प्रहरी १ सय ५० र नेपाल प्रहरी ६ सय परिचालन गरिएकोे सुरक्षा निकायले बताएका छन् ।

मतदान केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरीले २/२ वटा स्ट्रायकिङ फोर्स तथा नेपाल प्रहरीले ७ वटा स्ट्राकिङ फोर्स खटाएको छ भने १२ वटा मोवाइल गस्ती र ८ वटा रिजर्भ टोली समेत परिचालन गरिएको छ । आवश्यक परेमा हेलिकप्टरसहितको सुरक्षा टोली खटाउनका लागि तयारी अवस्थामा राखिएको दोलखा प्रहरीले जनाएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले निर्वाचनमा बुथ कब्जा गर्ने घटना दोहोरिन नदिन तथा मतदातालाई स्वतन्त्र तरिकाले मतदान गर्ने व्यवस्था मिलाउन सो टोली खटाइएको बताउनुभयो ।