images
images

कालिढुंगा माविको मतदान केन्द्र ‘ख’ बाट अर्धकट्टी हराएपछि क र ग मा पनि यसरी हुँदैछ मतदान

  • १५ मंसिर २०७९, बिहीबार १०:३८

जिरी (दोलखा) । दोलखाको मिर्गेस्थित कालिढुंगा माध्यमिक विद्यालय मतदानस्थलको तीन वटै मतदान केन्द्रमा अहिले मतदान जारी छ ।

गत मंसिर ४ गते भएको निर्वाचनमा बैतेश्वर ३ मिर्गेस्थित कालिढुंगा मावि मतदानस्थलबाट १०० थान मतपत्रको अर्धकट्टी हराएको भन्दै निर्वाचन आयोगले पुनः निर्वाचन गर्न भनेपछि अहिले मतदान भइरहेको हो । सो मतदानस्थलको ‘ख’ मतदान केन्द्रबाट १०० थान मतपत्रको अर्धकट्टी हराएपछि क, ख र ग गरी तीन वटै मतदान केन्द्रमा निर्वाचन दोहोरिएको छ । गत मंसिर ४ गते ख केन्द्रको अर्धकट्टी हराएको भनी मतदान अधिकृत दिपेन्द्र कुमार झाले मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठलाई प्रतिवेदन पेश गरेका थिए । तर, निर्वाचन आयोगले क, ख र ग गरी ३ वटै केन्द्रमा हराएको मतदान गर्न भनेको थियो ।

‘ख’ को मतपत्रको १०० थान अर्धकट्टी हराएपनि क र ग सहितको मतदान रद्ध गरिएपछि फेरी निर्वाचन दोहोरिएको छ । क र ग मा कुनै कैफियत नहुँदा त्रुटि र भयरहित वातावरणमा मतदान भएपनि दोहोरिएको हो ।