images
images

दोलखामा शान्तिपुर्वक निर्वाचन, १० प्रतिशत मत खस्यो

  • १५ मंसिर २०७९, बिहीबार १०:०१

दोलखा । दोलखाका १० मतदान केन्द्रमा शान्तिपुर्वक रुपमा मतदान जारी छ ।

जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ का दुई स्थानिय तहको १० मतदान केन्द्रमा शान्तिपुर्वक रुपमा मतदान जारी रहेको हो । बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा उत्साहजनक रुपमा निर्वाचन जारी रहेको छ । १० मतदान केन्द्रमा हालसम्म १० प्रतिशत मत खसेको विवरण आएको निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । पुन निर्वाचन हुन लागेका मतदान केन्द्रमा ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । जसअनुसार बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माविका तीन मतदान केन्द्रमा २ हजार ४ सय ७२ मतदाता छन् भने वडा नम्बर २ को जनज्योति मावि पुतलीकाठका दुई मतदान केन्द्रमा १ हजार ९ सय ३४ र वडा नम्बर ३ कालीढुंगा माविका तीन केन्द्रमा दुई हजार ६ सय ६५ मतदाता रहेका छन् । यस्तै, तामाकोशी ३ हेल्थपोस्ट भवन जफेको दुई मतदान केन्द्रमा १ हजार ४ सय ६ मतदाता छन् ।

सो स्थानमा यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन रद्ध गरेर निर्वाचन आयोगले पुन गर्न निर्देशन दिएको थियो । आयोगले निर्देशनसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिती तोकेसँगै आज पुन निर्वाचन भइरहेको हो । निर्वाचन अपरान्ह ५ बजे सम्म जारी रहनेछ ।

single dsc-ing

single dsc-ing

single dsc-ing

single dsc-ing