images
images

मतदानका लागि आधा घण्टा मात्रै बाँकी, ५३ प्रतिशत मतदान सम्पन्न

  • १५ मंसिर २०७९, बिहीबार १६:३३

दोलखा । दोलखामा ५३ प्रतिशत मतदान सम्पन्न भएको छ ।

हालसम्मको तथ्याकं अनुसार जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ को दुई स्थानिय तहका १० वटा मतदान केन्द्रमा ५३ दशमलव २४ प्रतिशत मत खसेको हो । निर्वाचन जारी रहेको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग मा ४९ दशमलव ४३ प्रतिशत, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख मा ६४ दशमलव ८३ प्रतिशत तथा वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्रमा ४६ दशमलव १३ प्रतिशत मत खसेको छ । यस्तै, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख मा ५७ दशमलव ३८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

दोलखाका १० मतदान केन्द्रमा शान्तिपुर्वक रुपमा मतदान जारी छ । छिटपुट घटना बाहेक शान्तिपुर्वक निर्वाचन जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।