images
images

दोलखाका १० वटा मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

  • १५ मंसिर २०७९, बिहीबार १७:५०

दोलखा । दोलखाका १० वटा मतदान केन्द्रमा ५० प्रतिशत मत खसेको छ ।

जिल्लाको १० मतदान केन्द्रमा आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५० प्रतिशत मत खसेको हो । निर्वाचन कार्यालय दोलखाका अनुसार कुल ८ हजार ५ सय १४ मतदाता रहेकोमा ४ हजार २ सय ६६ मत खसेको छ । जसअनुसार बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग मा २ हजार ४ सय ७२ जना मतदाता रहेकोमा १ हजार २ सय ३४, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख मा १ हजार ९ सय ३४ मतदाता रहेकोमा ९ सय ५५ तथा वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्रमा२ हजार ६ सय ६५ जना मतदाता रहेकोमा १ हजार २ सय ३८ मत खसेको छ । यस्तै, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख मा १ हजार ४ सय ६ जना मतदाता रहेकोमा ८ सय ३० मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । यसअघि ति स्थानमा निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचन रद्ध गरेको थियो ।