images
images

दोलखामा साउनयता ९ वटा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ४७ घाईते

  • १५ मंसिर २०८०, शुक्रबार ०८:३४

दोलखा । दोलखामा साउनदेखि हालसम्मको अवधिमा ९ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन् ।

दुर्घटनामा १९ जना गम्भिर र २८ जना सामान्य घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कात्तिक महिनामा सवारी दुर्घटनामा परी ४ जना र मंसिरमा एक जनाको मृत्यु भएको हो । बोलेरो दुर्घटनामा तीन जना र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कात्तिक ६ गते विगु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । विगु गाउँपालिका–२ जगतमा बोलेरो दुर्घटना हुँदा स्थानीय चिनिमाया तमाङ र बालमाया तमाङको मृत्यु भएको हो । दुर्घटनामा परी बोलेरो चालक राज तमाङ गम्भिर घाईते भएका थिए । उनी अझै उपचारकै क्रममा रहेको दोलखाका प्रहरी निरिक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । तमाङ विरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएपनि उनी उपचारकै क्रममा रहेकाले नियन्त्रणमा नलिइएको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो ।

दोलखामा साउनदेखि हालसम्मको अवधिमा ९ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन् । दुर्घटनामा १९ जना गम्भिर र २८ जना सामान्य घाईते भएका थिए । बोलेरो दुर्घटनामा तीन जना र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लापरवाही गरी सवारी चलाई किची, ठक्कर दिई वा सवारी दुर्घटना गराई मानिस मारेको सम्बन्धी कसुरमा ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ । 

यस्तै, कात्तिक १४ गते भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा मोरटसाइकल दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका ५ सुरीका रामकुमार खड्काको मृत्यु भएको थियो । उनको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएको भनिए पनि अनुसन्धानका क्रममा बसको ठक्करबाट मृत्यु भएको खुलेको थियो । मोटरसाइकललाई ठक्कर दिने बस र चालक भीमेश्वर नगरपालिका–५ का शुसिल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको थियो । तर, उनी ५० हजार धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।

कात्तिक २४ गते भीमेश्वर नगरपालिका ७ देउरालीमा बोलेरो दुर्घटना हुँदा मेलुङ गाउँपालिका ७ का २५ वर्षिय सुजन मगरको मृत्यु भएको थियो । सो घटनापछि बोलेरो चालक किरण खड्का विरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको छ । खड्कालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।दोलखाको तामाकोशी गाउँपालिका १ भीरकोटमा मंसिर २ गते मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय सुसिल माझिको मृत्यु भएको थियो । घटना लगत्तै मिनिट्रकका चालक मन्थली नगरपालिका–१३ का श्याम थापा विरुद्ध पनि सवारी ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको छ । थापालाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लापरवाही गरी सवारी चलाई किची, ठक्कर दिई वा सवारी दुर्घटना गराई मानिस मारेको सम्बन्धी कसुरमा ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ । दोलखामा ओभरलोड, चालकको लापरवाही, मदिरा सेवन गरी सवारीका साधन चलाउने लगायतका कारण सवारी दुर्घटना बढीरहेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरिक्षक देवकुमार घिसिङले जानकारी दिनुभयो ।