images
images

भिजिट भिसामा दुबई पुगेका जिरीका एक युवकको मृत्यु

  • १५ मंसिर २०८०, शुक्रबार २०:३०

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाका एक पुरुषको दुबईमा मृत्यु भएको छ ।

केही समय अघि मात्रै दुबई पुगेका जिरी नगरपालिका–९ ठूलोपातलका रमेश कुमार नेपाली समुन्द्र किनारमा मृत फेला परेका हुन् । उनी दशैं अघि मात्रै भिजिट भिसामा दुबई पुगेका थिए । साथिहरुसँग पौडी खेल्न गएका उनको पौडी खेल्ने क्रममा मृत्यु भएको बताइएपनि मृत्युको एकिन कारण भने खुलेको छैन । उनको भिसा कपी फेला परेको र पासपोर्ट फेला नपरेको दुबई प्रहरीले जनाएको छ ।

नेपाली दुबईमै बसेर काम गर्ने उद्देश्यले भिजिट भिसामा गएका थिए । दोलखाली समाज दुबईका निवर्तमान सचिव लोकप्रसाद दाहालका अनुसार समुन्द्रको किनारमा मृत फेला परेका उनको शव अस्पतालमा राखिएको छ । रमेश तीन दिनअघि साथिहरुका साथमा दुवईको समुन्द्रमा पौडी खेल्न जाँदा घटना घटेको बताइएको छ ।