images
images

झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा ५ कामदारको मृत्यु

  • १६ मंसिर २०८१, आईतवार १३:४४

काठमाडौं । रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर ५ कामदारको मृत्यु भएको छ ।

निर्माणाधिन झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा ५ जनाको मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिएर ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देविराम परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पाको सुनछहरी गाउँपालिका–३ गामस्थित मौलावाङ र बाहिरी गाम जोड्ने झोलुंगे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।