images
images

भिक्षु पढ्न दोलखा आएका ललितपुरका १६ वर्षीय किशोर तामाकोशी नदीमा वेपत्ता

दोलखा । भीक्षु पढ्न दोलखा आएका एक किशोर तामाकोशी नदीमा वेपत्ता भएका छन् ।

ललितपुरको पाटन घर भएका १६ वर्षीय उन्नत शाक्य तामाकोशी नदीमा वेपत्ता भएका हुन् । उनलाई नुहाउने क्रममा आज दिउँसो करिव साँढे २ बजे तामाकोशी नदीले बगाएको दोलखा प्रहरीले जनाएको छ । शाक्य दोलखाको शैलुङ गाउँपालिका–७ फस्कुस्थित धम्बदायदा ध्यान केन्द्रमा भिक्षुपढ्न आएका थिए ।

वेपत्ता शाक्यको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।