images
images

२८ कम्पनीको आईपिओ अलपत्र

  • १८ पुष २०७८, आईतवार ०२:५३

नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न तयारी पूरा गरिसकेका कम्पनीलाई समेत स्वीकृति दिन सकेको छैन। आवेदन दिएका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अलमलमा परेसँगै नयाँ आवेदन दिन आउने कम्पनीको संख्या पनि न्यून छ।

आईपीओ सेयरको मूल्य साधारणतया १०० रूपैयाँ प्रतिकित्ता तय गरिएको हुन्छ। आईपीओ खुलेका समय सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्छन्।

अहिले धितोपत्र बोर्ड नै नेतृत्वविहीन बनेर बसेको छ। यसकारण बोर्डमा आवेदन दिएका कम्पनीलाई अध्ययन गरी आईपीओ निष्कासनका लागि स्वीकृति दिने प्रक्रिया अलमलमा परेको हो।

धितोपत्र बोर्डमा २८ वटा कम्पनीले छ करोड ७२ लाख ४७ हजार चार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा सबैभन्दा धेरै जलविद्युत् कम्पनी रहेका छन्। आवेदक २८ मध्ये १७ वटा जलविद्युत् कम्पनी छन्। यस्तै छ वटा लघुवित्त कम्पनी, दुईवटा बिमा कम्पनी तथा तीनवटा अन्य कम्पनी रहेका छन्।