images
images

माओवादी महाधिवेशनमा ५० लाख खर्च अब १५ लाख थपिने अनुमान !

  • १८ पुष २०७८, आईतवार ०३:४०

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा पूर्व अनुमानित बजेट भन्दा कम खर्च हुने भएको छ । महाधिवेशन अघि माओवादी केन्द्रले महाधिवेशनका लागि एक करोड खर्च अनुमान गरिएको थियो ।

निर्धारित माओवादीको महाधिवेशन समयपनि लम्बिएको छ । तरपनि अनुमान गरिएको बजेटभन्दा पनि कम खर्च हुने भएको छ । अर्थात माओवादीले आफ्नो महाधिवेशन एक करोडभन्दा पनि कम खर्चमा सम्पन्न गर्ने भएको हो ।

नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनमा जिल्ला र प्रदेशबाट १७ सय ४२ प्रतिनिधिहरु उपस्थित भएका छन् । प्रतिनिधिहरुलाई खान बस्नका लागि खर्च सम्बन्धित जिल्ला तथा प्रदेशले व्यहोर्ने भएको छ । उक्त कारण पनि महाधिवेशन खर्च कम भएको माओवादी नेताहरुको भनाइ छ ।

तर उनीहरुका लािग बिहान बेलुकाको खाना र बस्नेको मात्रै व्यवस्था गरिएको छ । त्यस्तै पार्टीको केन्द्रले भने प्रतिनिधिहरुलाई दिनमा एक पटकको खाजा दिँदै आएको छ ।

पार्टी महाधिवेशन समय थप दुई दिन लाग्ने बताइएको छ । यो अवस्थामा पनि पार्टीको खर्च भने धेरै नहुने नेताहरुको भनाइ छ । थप दुई दिनमा प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख मात्रै थपिने बताइएको छ । जबकी हालसम्म ५० लाख मात्रै खर्च भएको छ । यो दुर्व खर्च जोड्दा महाधिवेशन खर्च ६५ लाख मात्रै हुने नेताहरुको भनाइ रहेको न्युज२४ले उल्लेख गरेको छ ।

माओवादीले महाधिवेशनमा अनावश्यक तडकभडक भन्दापनि बैचारिक बहसमा केन्द्रीत भएकोले खर्च कम भएको माओवादी नेताहरुको दावी छ । गत पुस ११ गतेबाट जारी महाधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयन हुनुपर्नेमा माओवादी केन्द्रले जोड दिएको छ । तर सहमति भने हुन सकेको छैन ।