images
images

जुवाको खालबाट प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जना झिरिप्प !

  • १८ पुष २०७८, आईतवार ०६:४६

जाजरकोट बाट १४ जना जुवाडे पक्राउ परेका छन् ।​ भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति तथा वडाध्यक्ष शशी बुढा रहेका छन् । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद गरिएको छ ।