images
images

कार्यकर्ता कै मेसमा खाना खाँदै प्रचण्डलगायत माओवादी शिर्ष नेतृत्व

  • १८ पुष २०७८, आईतवार ०७:४९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डका साथै पार्टीका शिर्ष नेताहरुले कार्यकर्ताकै लहरमा बसेर खाना खाएका छन् । पार्टीको आठौँ जारी महाधिवेशनका क्रममा अध्यक्ष प्रचण्डका साथै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, लिलामणी पोखरेल लगायतका नेताहरुले कार्यकर्ताकै बिचमा रहेर खाना खाएका हुन् ।

जो अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा पेस गरेअनुसारको व्यवहार हो । अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाकामा अघि लैजानका लागि गरेसँगै नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउने उल्लेख गरेका थिए ।

जसलाई पार्टीले पास गर्ने निर्णयसमेत गरेको थियो । उक्त निर्णय अनुसार नै माओवादीका शिर्ष नेताहरुले कार्यकर्ता माझमै बसेर खाना खाएका हुन । जारी महाधिवेशनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गर्न खोजेका हुन् ।

जनयुद्धमा जनताको घरदैलोमा पुगेर सामान्य हैसियतमै गाउँघरका परम्परागत खाना खाएर संघर्ष गरेका नेताहरु विलासी बन्दै गएको, सुविधाभोगी हुँदै गएको आरोप पछिल्लो समय व्याप्त थियो । आठौं राष्ट्रिय महाधिवेशनमार्फत नेताहरुको आचरण, व्यवहार र जीवनशैलीलाई जनमुखी बनाउनका लागि विभिन्न निर्णय गरिएका छन् ।