images
images

सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते

  • १८ पुष २०७८, आईतवार ०८:१५

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । उनीहरुको टाउकोमा र खुट्टामा गोली लागेको बुझिन्छ । गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ ।