images
images

देउवाद्वारा फेरी केन्द्रिय सदस्य मनोनयन: चन्द्र भण्डारी र मिनेन्द्र रिजाल अझै अटाएनन !

  • १८ पुष २०७८, आईतवार ०८:३५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङ सभापतिमा उम्मेदवार बनेर पराजित भएका थिए भने दोस्रो चरणको निर्वाचनमा उनले सभापतिमा देउवालाई सघाएका थिए । यस्तै प्रदीप देउवा समूहबाटै महामन्त्री र शाही पनि देउवा समूहबाटै सहमहामन्त्रीमा पराजित बनेका थिए ।

यसअघि शनिबार पनि देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । जसमा रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका थिए । केन्द्रिय सदस्यमा अपेक्षा गरिएका चन्द्र भण्डारी र मिनेन्द्र रिजाल भने दोश्रो पटकको मनोनयनमा पनि केन्द्रिय समितिमा अटाउन सकेनन ।