नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति सदस्यको नाम प्रस्तावित गर्दै छन्। पार्टीको आठौँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्रमा उनले केन्द्रीय समिति सदस्यको नामावली प्रस्ताव गर्ने तयारी गरेका हुन्। बन्दसत्रअघि स्थायी समितिको बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय सदस्यमा राख्ने नामहरुको टुंगो लगाएको बताइएको छ।
प्रदेश १ बाट ४१, प्रदेश २ बाट २५, बागमतीबाट २५, गण्डकीबाट २४, लुम्बिनी प्रदेशबाट ४०, कर्णालीबाट ३१, सुदूरपश्चिम प्रदेशबाट २९ र विशेष, सम्पर्क र प्रवासबाट १४ जनाको कोटा निर्धारण गरिएको थियो। सोहीअनुसार २५६ जनाको नाम टुंगो लागेको हो। बाँकी ४३ जनाको नाम राखेर प्रचण्डले बन्दसत्रमा प्रस्ताव गर्ने छन्।
प्रस्तावित नामहरुमा सहमति जुट्न सकेन भने केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। केन्द्रीय समिति गठन भएपछि पदाधिकारी पनि आजै टुंगो लगाउने माओवादी केन्द्रको तयारी छ।