images
images

बागमती प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुने

  • १८ पुष २०७९, सोमबार ०६:३४

हेटौंडा । बागमती प्रदेशसभाको नयाँ अधिवेशन आजदेखि सुरु हुने भएको छ ।
प्रदेश प्रमुख कार्यालयले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आवहान गरेसँगै प्रदेशसभाको दोस्रो कार्यकालको अधिवेशन सुरु हुने भएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आजका लागि ११ औं अधिवशनको आवहान गर्नुभएको छ । बागमती प्रदेश मन्त्रीपरिषद् बैठकले आज अधिवेशन आवहान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । यता बिहिबार नै प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनियताका सपथ लिइसकेका छन् । योसँगै प्रदेशमा नयाँ सरकार गठनको चहलपहल सुरु हुने भएको छ ।