images
images

प्रधानमन्त्री प्रचण्डले आयोगका पदाधिकारीसँग छलफल गर्ने

  • १८ पुष २०७९, सोमबार ०८:३६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुहुने भएको छ ।

आज बिहान १० बजे सिंहदरबारमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्न लाग्नुभएको हो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धीत विषयमा छलफल हुनेछ ।