images
images

बागमती प्रदेशमा सभामुख र उपसभामुखका लागि निर्वाचन हुने

  • १८ पुष २०७९, सोमबार १२:१४

हेटौंडा । बागमती प्रदेशमा सभामुख र उपसभामुखका लागि पुस २८ र २९ गते निर्वाचन हुने भएको छ ।

आज बसेको सर्वदलिय बैठकले सभामुख र उपसभामुखका लागि निर्वाचन गर्ने सहमति गरेको हो । जसअनुसार प्रदेशसभाको सभामुखका लागि पुस २८ गते र उपसभामुखका लागि २९ गते निर्वाचन गर्न दलहरुबीच सहमति भएको छ । सो निर्वाचनका लागि पुस २७ गते सभामुख र उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्ने सर्वदलिय बैठकमा सहमति भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो ।

सर्वदलिय बैठकको सहमति अनुसार सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव आज बस्ने प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रुप दिईनेछ । प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा प्रदेशसभा बन्द रहेको अवस्थामा सरकार सञ्चालनका लागि मन्त्रिपरिषदबाट जारी भएका ५ वटा अध्यादेशहरु पेश गर्ने कार्यसुची रहेको छ ।