images
images

प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीचको विवाद बढ्दो, इन्टरनेट अवरुद्ध हुन सक्ने चेतावनी

  • १८ पुष २०७९, सोमबार १६:५४

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले आज पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा आइएसपानका अध्यक्ष सुधीर पराजुलीले नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट हड्ताल गर्न तयार रहेको र तालाचाबी प्राधिकरणमा बुझाउने बताउनुभयो । प्राधिकरणले भाडाकै निुहँमा पटक–पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर तथा तार काटिदिएको भन्दै आइस्पानले असन्तुष्टि जनाएकोे छ ।

इन्टरनेट सेवा प्रदायकहरुले विजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् भने त्यसबापत विद्युत प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढिरहेको छ । प्राधिकरणले पोल भाडा बढाएको छ भने इन्टरनेट सेवा प्रदायकले समयमा बक्यौता नतिरेको भन्दै लाइन काटिदिने चेतावनी दिँदै आएको छ ।