रुस–युक्रेन युद्धमा परी थप तीन जना नेपालीको मृत्यु भएको छ ।
स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो । मृत्यु हने तीनैजना नेपाली रुसी सेनामा भर्ना भएको नेपाली दुतावासले जनाएको छ । रुसी सेनामा भर्ती भई युद्धमा यसअघि ७ जना नेपालीको मृत्यु भइसकेको छ । यो सँगै रुस–युक्रेन युद्धमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । यस्तै, रुसी सेनामा भर्ती भएका ४ जना नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले बन्दी बनाएको स्रोतको दाबी छ ।










