दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा आयोजित वडा कप प्रथम जिल्ला व्यापी मावि स्तरीय छात्र फुटवल प्रतियोगिताको उपाधि बैतेश्वर मावी नाम्दुले हात पारेको छ ।
भीमेश्वर नगरपालिका–५ धरमघरमा सम्पन्न वडा कप प्रथम जिल्ला व्यापी मावि स्तरीय छात्र फुटवल प्रतियोगिताको उपाधि बैतेश्वर मावीले हात पारेको हो । आज भएको फाइनल खेलमा दराइजिङ बोर्डिङ स्कुललाई १/० अंकको अन्तरले पराजित गर्दै वैतेश्वर माविले उपाधि हात पारेको हो । योसँगै दराइजिङ बोर्डिङ स्कुल द्धितीय स्थानमा चित्त बुझाउनु परेको छ । यस्तै कालिञ्चोक मावि र अल्पाइन पब्लिक स्कुल सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुने वैतेश्वर मावीले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी, द्धितीय हुने दराइजिङले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सान्त्वना हुने कालिञ्चोक र अल्पाइनले नगद १०/१० हजार, ट्रफी र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ । बिजयी खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि तथा पूर्वमन्त्री रचना खड्का, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर र अन्य विशिष्ट व्यक्तित्वहरुले पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगितामा १९ टिमको सहभागीता रहेको थियो । वडानम्बर ५ को वडाअध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पूर्वमन्त्री खड्का, नगरप्रमुख मानन्धर, उपप्रमुख कमला बस्नेतलगायतको उपस्थिति रहेको थियो । आयोजक वडानम्बर ५ र सहआयोजक बुढाभिमसेन सिर्जनशील युवा क्वलवको व्यवस्थापनमा यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।










