दोलखा । कालिञ्चोक दोलखाको पर्यटकीय गन्तव्यहरु मध्येको एक महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । कालिन्चोक भगवतीको मन्दिर दर्शन र प्रकृतिसँग रमाउनका लागि वर्षेनी हजारौं पर्यटकहरु पुग्ने गरेका छन् ।
पछिल्लो समय कालिन्चोकमा हेलिकोप्टर चार्टर गरेर समेत पर्यटक आउन थालेका छन् । विशेषगरी हिउँद महिनामा कालिन्चोक पर्यटकको रोजाईको मुख्य गन्तव्य बन्ने गरेको छ । कालिञ्चोकसँगै जिल्लाको शैलुङ, खरिढुंगा भ्रमण र भीमेश्वर मन्दिर दर्शनका लागि पनि धेरै पर्यटकहरु आउँछन् । यी मध्ये कालिन्चोक पर्यटकका लागि पहिलो रोजाईको धार्मिक एवँ पर्यटकीय स्थल हो । त्यसपछि दोलखा भीमेस्वरमा धार्मिक पर्यटकहरुको बिशेष चाप हुने गरेको छ । हिमपातको बेला कालिन्चोकमा पर्यटक खचाखच हुने भएका कारण बस्नका लागि होटलमा कोठा पाउन समेत मुस्किल हुने गर्दछ ।
साथीसँगी र पारिवारीक भ्रमणका क्रममाकालिञ्चोक पुग्नेको लर्काे लाग्छ । कालिञ्चोक गाउँपालिकामा पर्ने कालिञ्चोक भगवती मन्दिर धार्मिक एवँ प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ । विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य अझ थपिएको हुन्छ भने फागुन चैत र बैशाखममा मौसम खुलेर प्राकृतिक सुन्दरताले पर्यटकलाई मोहित बनाउँछ । कालिन्चोकवाट नाङ्गो आँखाले देखिने हिमश्रृङखला र मनोरम दृश्य सवैका लागि अनुपम हुने गर्दछ । केबलकारको समेत व्यवस्था भएपछि कालिन्चोकमा दर्शन गर्न आउने र प्रकृतिसँग रमाउने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । हिन्दु धर्मावलम्बीकालागि प्रसिद्ध तिर्थस्थलको रूपमा विकास हुँदै गएको कालिन्चोक समुद्री सतहवाट ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको छ । यो क्षेत्रलाई दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलन बिन्दुले थप रमणीय बनाएको छ ।
पछिल्लो समय मानिसहरु विभिन्न तरिकाले कालिन्चोक र भीमेश्वर मन्दिर पुग्न थालेका छन् । वर्षाेदेखि त्यहाँ पुग्ने अधिकांश मानिसहरु यात्रुवाहक बस, बोलेरो, कार, मोटरसाइकल, जिप लगायतका सवारीका साधनको माध्यमबाट जाने गरेकोमा पछिल्लो समय हेलिकप्टर चार्टर गरेर समेत पर्यटकहरु कालिञ्चोक पुग्न थालेका छन् । सर्वसाधारणदेखि भिआपीसम्मको रोजाईको केन्द्र बनेको कालिन्चोकको आकर्षणले गर्दा मानिसहरु हेलिकप्टर चार्टर गरेर भ्रमणमा आउन थालेका हुन् ।
किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ । मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको भन्ने किम्वदन्ती छ । पछिल्लो समय मानिसहरु विभिन्न तरिकाले कालिन्चोक र भीमेश्वर मन्दिर पुग्न थालेका छन् । वर्षाेदेखि त्यहाँ पुग्ने अधिकांश मानिसहरु यात्रुवाहक बस, बोलेरो, कार, मोटरसाइकल, जिप लगायतका सवारीका साधनको माध्यमबाट जाने गरेकोमा पछिल्लो समय हेलिकप्टर चार्टर गरेर समेत पर्यटकहरु कालिञ्चोक पुग्न थालेका छन् । सर्वसाधारणदेखि भिआपीसम्मको रोजाईको केन्द्र बनेको कालिन्चोकको आकर्षणले गर्दा मानिसहरु हेलिकप्टर चार्टर गरेर भ्रमणमा आउन थालेका हुन् । हिमपातका कारण सडक मार्गवाट सजिलै कालिन्चोक पुग्न नसकिने भएका कारण भ्रमणका लागि छोटो समय हुने र खर्च गर्ने हैसियतका पर्यटक हेलिकोप्टरमा कालिन्चोक जान थालेका हुन् ।
केही समयअघि मात्रै देशका ठूला व्यवसायी विनोध चौधरीका छोरा निर्भाण चौधरी परिवारका सदस्य सहित हेलिकोप्टर चार्टर गरेर कालिञ्चोक भ्रमण र दर्शनका लागि पुगेका थिए । सो क्रममा कालिञ्चोक र दोलखा भिमशेनको दर्शन गरेका व्यवसायी चौधरीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘कालिन्चोक स्विट्जरल्याण्ड जस्तै रहेको भन्दै भगवानले नेपालमा अति सुन्दर ठाउँहरु दिएको र अपार सम्भावना रहेको’ बताएका थिए । दोलखा सदरमुकाम चरिकोट बजारवाट उत्तरपूर्व १७ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ ।
कालिन्चोकको कुरीमा रहेका पर्यटन व्यवसायीहरुका अनुसार चालु वर्षको हिउँदमा मात्रै एक दर्जन बढी हेलिकोप्टर चार्टरमा पर्यटकहरु आएका छन् । कालिन्चोक केवलकार दर्शन प्रालिका प्रमुखकार्यकारी अधिकृत अशोक शिवाकोटीले पछिल्लो समय कालिन्चोक भ्रमण र दर्शनका लागि व्यवसायी घरनाका मानिसहरु हेलिकोप्टर चार्टर गरेर आउने गरेको बताउनुभयो । केही समयअघि मात्रै देशका ठूला व्यवसायी विनोध चौधरीका छोरा निर्भाण चौधरी परिवारका सदस्य सहित हेलिकोप्टर चार्टर गरेर कालिञ्चोक भ्रमण र दर्शनका लागि पुगेका थिए । सो क्रममा कालिञ्चोक र दोलखा भिमशेनको दर्शन गरेका व्यवसायी चौधरीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘कालिन्चोक स्विट्जरल्याण्ड जस्तै रहेको भन्दै भगवानले नेपालमा अति सुन्दर ठाउँहरु दिएको र अपार सम्भावना रहेको’ बताएका थिए । यो वर्ष काठमाण्डौंकै अन्य ठूला व्यवसायिहरुको केही टोली पनि हेलिकोप्टर मार्फत नैं कालिञ्चोक पुगेका छन् ।
कालिन्चोकमा नेपालबाट मात्रै नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । दोलखा सदरमुकाम चरिकोट बजारवाट उत्तरपूर्व १७ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ । त्यसपछि केबलकार चढेर ५ मिनेटमै मन्दिर पुग्न सकिने सुविधा छ ।