images
images

सिन्धुपाल्चोक एमालेका प्रभावशाली नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

  • १९ माघ २०७८, बुधबार १५:५३

काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्ताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । २०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएका थिए । तत्कालित नेकपा एमालेका माधव कुमार नेपाल समुहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरेपनि एमालेमै बसेका थिए । तर आज कर्माचार्यले नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै कर्माचार्यले अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसेपनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर आएको बताएका छन् ।