images
images

रविलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै एक सरकारी कर्मचारीद्धारा आत्मदाह प्रयास

  • १९ माघ २०७९, बिहीबार १५:५४

काठमाडौं । नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै एक सरकारी कर्मचारीले आत्मदाह प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले आज पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन् । भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै ती सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन् । जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए ।