images
images

जिरीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सहिद स्मृति आवासीय माविलाई

  • १९ माघ २०७९, बिहीबार १७:४७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सहिद स्मृति आवासीय माविले हात पारेको छ ।

जिरी नगरपालिकाको आयोजना तथा जिरी माविको व्यवस्थापनमा जिरीमा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सहिद स्मृति माविले हात पारेको हो । यो सँगै सहिद स्मृतिले लगातार तीन पटक विजयी हुँदै नगरपालिकास्तरीय रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ । आज सम्पन्न रनिङ शिल्ड प्रगियोगिताबाट सहिद स्मृति आवासीय माविले ८ स्वर्ण, ७ रजत र ५ काश्य प्राप्त गरेको छ ।
यस्तै ८ स्वर्ण, ५ रजत र ९ काश्य प्राप्त गरेको जिरी माविले द्धितिय स्थान कायम गरेको छ भने बौद्धभुवनेश्वरी मावि ५ स्वर्ण, ८ रजत र २ काश्य जितेर तृतीय भएको जिरी माविका प्राधानाध्यापक कुमार जिरेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने सहिद स्मृति माविले नगद ३० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, जिरी माविका पूर्व प्रधानाध्यापक केशव कुमार कार्की र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा नगरपालिकाभित्रका ८ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता अन्र्तगत छात्र छात्राको भलिवल, लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट, ज्याबलिन र दौड भएको थियो ।