images
images

दोलखाका पौडेल सहित एकै पटक १५० जना डिएसपीको सरुवा

  • १९ माघ २०७९, बिहीबार २१:३३

जिरी (दोलखा) । प्रहरी प्रधान कार्यालयले दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी)सहित १५० जना डिएसपीहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दोलखाका डिएसपी गंगा प्रसाद पौडेल सहित १५० जना डिएसपीहरुको सरुवा गरेको हो । जसअनुसार दोलखाका डिएसपी पौडेलको राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा महाराजगंज, काठमाडौंमा सरुवा भएको छ । अब उनको स्थानमा जिल्लामा नयाँ डिसपीको रुपमा दिपक खड्का आउने भएका छन् । यस्तै, रामेछापका डिएसपी राजकुमार थिङको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा अपराध अनुसन्धान सहायता शाखामा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौंमा सरुवा हुँदा उनको स्थानमा दीपक केसीलाई खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनिलजंग शाहको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजन शाखामा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका हरिकृष्ण केसीको इलाका प्रहरी कार्यालय, मिर्चेया सिरहामा सरुवा भएको छ । उनीहरुसँगै १५० जनाको विभिन्न जिल्लामा सरुवा भएको हो । सरुवामा विभिन्न जिल्ला, वृत्त तथा इप्रकाका प्रमुख फेरिएका छन् । प्रहरी महानिरिक्षकको आजको निर्णयअनुसार माघ महिनादेखि तलव, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउनेगरी सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।