
विराटनगर । ठुलो मात्रामा मानव कंकालसहित एकजना पक्राउ परेका छन् ।
भारतबाट ल्याईएको ठुलोमात्राको मानव खप्पर र नलीखुट्टासहित १७ वर्षीय एक किशोरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय रहेका छन् । उनलाई आज बिहान भारतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठुलो परिमाणमा कंकाल खप्पर र नली खुट्टासहित विराटनगरको रानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा बरामद गरिएको छ ।
सो कंकाल भारतबाट नेपाल ल्याईएपनि कुन प्रयोजनका लागि ल्याईएको भन्ने खुल्न नसकेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।