images
images

घर भाडामा लिएर तीन अर्व बढिको अनलाईन जुवा खेलाउने २४ जना पक्राउ

  • २० माघ २०८१, आईतवार १८:१९

काठमाडौँ । अनलाईन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

३ अर्ब भन्दा बढीको अनलाईन जुवा तथा सट्टेबाजी कारोबारमा संलग्न २४ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा १० भारतीय नागरिक र १४ जना नेपाली रहेका छन् । उनीहरुले ललितपुरको सानेपामा दुई वटा घर भाडामा लिएर अनलाईन जुवा खेलाउँदै आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाईएको छ । सो समुहले बेटिङ एप्लिकेशन मार्फत अनलाईन गेम भन्दै अनलाईन जुवा खेलाएको आरोप छ । भारतीय र नेपाली एजेन्ट भएर विभिन्न व्यक्तिहरुलाई ह्वाट्स एपमा खाता खोल्न लगाई अनलाईन जुवा खेलाएको पाईएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुुसार उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही अघि बढाईएको छ । प्रहरीले पक्राउ परेकाहरुबाट ८८ वटा मोबाईल र १३ वटा ल्यापटप बरामद गरेको छ ।