काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका एक युवक संसद भवन अगाडि शंकास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले भुम्लु गाउँपालिका वडा नम्बर २ सिमलीका २१ वर्षिय सुवास महतलाई नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु राखेको आरोपमा पक्राउ गरेको हो । सोमबार संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद बस्तुलाई डिस्पोज गरेको थियो । शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।