
दोलखा । राष्ट्रपति विद्यादेवि भण्डारीले अपार प्राकृतिक सम्पदा र धार्मिक स्थलहरु दोलखाको पर्यटन क्षेत्रको दरिलो आधार भएको बताउनुभएको छ ।
सदरमुकाम चरिकोटमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन क्षेत्रमार्फत जनताका जीवनस्तर उठाउन सकिने भएकाले यसका लागि आवश्यक योजना र पहल जरुरी रहेको बताउनुभयो । टुकी अवधारणा र अभियानको ४५ औ वर्ष सम्पन्न भएको अवसरमा आज आयोजित टुकी प्रदर्शनी कार्यक्रममा सहभागी हुन दोलखा आएकी राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । दोलखा प्रचीन सभ्यतादेखि इतिहास, धर्म, संस्कृतिको पहिचान बोकेको जिल्ला भएकाले यहाँका ऐतिहासिक मूल्य मान्यताको जगेर्ना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हिन्दु देवता शिव र पार्वतीको वासस्थान गौरीशङ्कर हिमालजस्तो पवित्र स्थल दोलखा जिल्लामा हुनु आफैमा गौरवको विषय भएको उहाँको भनाई छ । राष्ट्रपति भण्डारीले भीमेश्वर, कालिञ्चोक मन्दिर र बौद्धमार्गीहरुको विभिन्न गुम्वाहरु रहेको पवित्र भूमिमा आउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
टुकी अवधारणा र अभियानको ४५ औ वर्ष सम्पन्न भएको अवसरमा आज आयोजित टुकी प्रदर्शनी कार्यक्रममा सहभागी हुन दोलखा आएकी राष्ट्रपति भण्डारीले दोलखा प्रचीन सभ्यतादेखि इतिहास, धर्म, संस्कृतिको पहिचान बोकेको जिल्ला भएकाले यहाँका ऐतिहासिक मूल्य मान्यताको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत खपतमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ ।
अर्को प्रसंगमा राष्ट्रपति भण्डारीले प्राचीनकालदेखि जिल्लाको चीनसँगको व्यापार विनियमको सम्बन्ध रहेको भन्दै परम्परागत सो व्यापारिक मार्ग दोलखाको लामावगरदेखि चीन जोड्ने सडकको लागि पहल भैरहेको बताउनुभयो । सो मार्ग खुलेमा दोलखा हुँदै चीन र भारतसँग छोटो दुरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुने बताउनुभयो । चीनसँगको सिधामार्ग खुल्न सके दोलखाको मात्र नभई नेपालको विकासमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गनुृभयो ।दोलखा जलस्रोतमा धनी रहेको र स्वदेशी पुँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत खपतमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तामाकोसी तेस्रो जलविद्युत आयोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन पहल गर्नु जरुरी रहेको बताउनुभयो । हिमाल, पहाड र वेशीहरुको धनी दोलखा जिल्ला पर्यटकीय जिल्ला भएको भन्दै उहाँले दोलखामा हिमचितुवा र रेडपाण्डा जस्ता लोपोन्मुख जंगली जनावर पाइनु खुसीको कुरा भएको धारणा राख्नुभयो ।दोलखाका बनजंगल, जडिजुटीहरु समुदायको जीविकोपार्जनका स्रोत भएकाले यसले जनताको जीवनस्तर उठाउन सक्ने राष्ट्रपति भण्डारीको भनाई छ । तर त्यसका लागि आवश्यक योजना र पहल जरुरी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले तामाकोसी तेस्रो जलविद्युत आयोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन पहल गर्नु जरुरी रहेको बताउनुभयो । खाद्य उत्पादनका लागि बर्षेनी मलको अभाव खेपीरहेका किसानको मर्कालाई ध्यान दिँदै कृषि क्षेत्रमा विशेष सहुलियत र अनुदानको व्यवस्था हुनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले खरिढुंगा म्याग्नेसाइट उद्योगको सञ्चालनमा जोड दिँदै जिल्लाले प्राथमिकतामा राखेको चलचित्र नगरी निर्माण गर्ने आयोजनालाई सफल बनाउन पहल गर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा याक, चौरी र भेडापालन व्यवसाय गर्ने किसानहरुका समस्याहरुलाई ध्यान दिनु जरुरी रहेको बताउनुभयो । त्यसका लागि पशु वीमाको सहजता र उच्च भेगका पशुपालनका लागि चरिचरणमा सहजता, उत्पादित वस्तुहरुको ढुवानीमा सरलता र विक्रीका लागि बजारको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । खाद्य उत्पादनका लागि बर्षेनी मलको अभाव खेपीरहेका किसानको मर्कालाई ध्यान दिँदै कृषि क्षेत्रमा विशेष सहुलियत र अनुदानको व्यवस्था हुनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले खरिढुंगा म्याग्नेसाइट उद्योगको सञ्चालनमा जोड दिँदै जिल्लाले प्राथमिकतामा राखेको चलचित्र नगरी निर्माण गर्ने आयोजनालाई सफल बनाउन पहल गर्ने बताउनुभयो । ग्रामिण समुदायको आर्थिक सामाजिक शसक्तिकरणमा विभिन्न काम गरेको भन्दै राष्ट्रपतिले टुकी संघको प्रशंसा समेत गर्नुभएको छ । यसले विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँले सरहना गर्नुभयो । ग्रामीण विकासको टुकी अवधारणको अभ्यासको क्रममा प्राप्त अनुभव, सिकाईहरु नेपालको अन्य क्षेत्रको विकासका लागि पनि उपयुक्त हुने उहाँको भनाई छ ।