images
images

बागमती प्रदेश सरकारले बाँझो जमिन खेती लगाउन दिए प्रतिरोपनी २ हजार अनुदान दिने

  • १८ फाल्गुन २०७९, बिहीबार १७:४०

हेटौंडा । बागमती प्रदेश सरकारले बाँझो जमिनमा खेती प्रोत्साहन गर्ने करार कार्यविधि स्वीकृत गरेको छ ।

कार्यविधि स्वीकृतसँगै अब बागमती प्रदेशमा जमिन बाँझो राखेका जग्गा धनीलाई जमिनमा खेती गरेबापत प्रोेत्साहन गर्ने बाटो खुलेको हो । लामो समयदेखि बाँझो रहेको खेती योग्य जमिनमा खेती गर्ने प्रोत्साहनका लागि अनुदान कार्यक्रम ल्याइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले गत माघ १३ गते बाँझो जमिनमा करार खेती कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको छ भने सो कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

मन्त्रालयले बाँझो जमिन करारमा दिन इच्छुक व्यक्ति र सो जमिनमा खेती गर्न चाहने किसानलाई चैत १५ गतेभित्र सूचीकृत हुन सूचना जारी गरेको छ । सम्झौता भएपछि बाँझो जमिन करारमा दिन चाहने किसानलाई मन्त्रालयले प्रतिरोपनी वार्षिक २ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।