images
images

गौरीशंकरमा जनयुद्ध र जनआन्दोलनका सहिद र घाईते परिवार सम्मानित

  • १९ फाल्गुन २०८०, शनिबार १५:२६

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा जनयुद्ध र जनआन्दोलनका सहिद र घाईते परिवारलाई सम्मान गरिएको छ ।

सहिद सप्ताहको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा जनयुद्ध र जनआन्दोलनका १८ जना सहिद र २ जना घाईते परिवारलाई सम्मान गरिएको हो । जनआन्दोलनका सहिद र घाईते परिवारलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् दोलखा जिल्ला ईन्चार्ज बिशाल खड्काले एक समारोहका बीच सम्मान गर्नुभएको हो । सहिद र घाईतेका परिवारलाई प्रतिपरिवार नगद १२ हजार, न्यानो कपडाका साथै दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो । गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खड्का, माओवादी केन्द्र दोलखाका सचिव कमल श्रेष्ठ, सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेशनका महासचिव जटिल कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहिद परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।