images
images

आजदेखि जनकपुर–जयनगर रेल नियमित सञ्चालनमा

  • १९ चैत्र २०७८, शनिबार ०६:४५

काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल नियमित सञ्चालनमा आउने भएको छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकिक्ष नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअल रुपमा संयुक्त उद्धघाटन गरेसँगै जनकपुर–जनयनगर रेलसेवा सञ्चालन आउने भएको हो । यसअघि करिव डेढ वर्षअघि एक अर्ब खर्च गरेर ल्याइएको रेल आजबाट सञ्चालनमा आउने भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुने भएको छ । दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ । जनकपुरबाट कुर्था जान सामान्य कोचमा २० रुपैँया र एसि कोचमा एक सय रुपैँया भाडा निर्धारण गरिएको छ ।

रेल सञ्चालनका लागि नेपालको तर्फबाट सम्पुर्ण तयारी पुरा भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । २०७७ साल असोजमा दुवै रेल सेट भारतबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । गत फागुन १ गतेबाट ‘ड्राइ रन’ थालिएको रेल आजबाट सञ्चालन आउन लागेको हो । रेल सञ्चालनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी नेपाल आइसकेका छन् ।