images
images

मालीमा सैन्य कारवाहीमा परी दुई सय बढीको मृत्यु

  • १९ चैत्र २०७८, शनिबार १४:४४

मालीमा सैन्य कारवाहीमा परी एकै पटक दुई सय भन्दा बढीको मृत्यु भएको छ ।

सेनाले मुलुकको मध्यभागमा गरेको सैन्य कारवार्हीमा २ सय ३ जनाको मृत्यु भएको हो । सेनाले ठुलो संख्यामा हतियार समेत बरामद गरेको छ । सन् २०१२ मा तुआरेग लडाुहरुले देशको उत्तरी भागमा ठुलो भुभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर बन्दै गएको छ । इस्लामवादीहरुको गतिविधि, लिबियाका पुर्व नेता मुअम्मर गद्धाफिप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्धन्द्ध झनु बढ्दै गएको आधिकारीहरुले बताएका छन् ।