images
images

नेकपा माओवादी केन्द्रद्धारा निर्वाचन लक्षित विशेष परिपत्र जारी

  • १९ चैत्र २०७८, शनिबार १६:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित तेस्रो परिपत्र जारी गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचन लक्षित तेस्रो विशेष परिपत्र जारी गरेको गर्नुभएको हो । आन्तरिक परिपत्रमा विशेष परिस्थिति बाहेक पहिले विजयी उम्मेदवारलाई नदोहो¥याउन निर्देशन दिइएको छ । परिपत्रमा उम्मेदवार देश, जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । परिपत्रमा निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीच मात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्णय प्रेसित गरिएको छ भने समावेशी समानुपातिक प्रतिनिधित्वलाई लागु गर्न निर्देशन दिइएको छ ।

उम्मेदवार छनौटको मापदण्ड :
१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२. देश जनता, पार्टी र क्रान्तिप्रति  निष्ठावान रहेको
३. स्वच्छ छवि भएको
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने